पठाओ र टुटल सेवा बन्द गरी भाडा बढाउन माग गर्दै ट्याक्सी चालक आन्दोलनमा



काठमाडौँमा ट्याक्सी चालक तथा व्यवसायी आन्दोलित भएका छन् । आज आफ्ना ट्याक्सीसहित र्याली निकाल्दै ट्याक्सी व्यवसायीहरुले वैज्ञानिक भाडादर कायम गर्नेपर्ने माग सरकारसँग गरेका छन् ।

उनीहरुले निजी सवारीले भाडाका यात्रु बोक्ने गरी सञ्चालनमा रहेको टुटल पठाओजस्ता सेवा पनि बन्द गराउदैँ राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग गरेका छन् ।

यस्तै व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन् ।

ट्याक्सी व्यवसायीहरु नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट र्‍यालीसहित माइतिघर मण्डलामा भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्