पोखरामा ग्यास सिलिण्डर पड्किदाँ एक महिला भइन् घाइते



पोखरा महानगरपालिका ३३, बहुमारा गण्डकीवेशीका धनबहादुर थापाको घरमा ग्यास सिलिण्डर पड्किँदा थापाकी श्रीमती पद्मा कुमारी थापा घाइते भएकी हुन् ।

सिलिण्डर पड्किएर आगो उछिट्टीएर शरीरमा सल्किदाँ उनी घाइते भएको बताइएको छ । सिलिण्डर पड्किएकाले उनको घरमा पनि क्षति पुगेको छ ।

उनका अनुसार घरका अन्य सात वटा झ्यालका सीसा फुटेको र भ¥याङको रेलिङमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्