
सिन्धुलीको मरिणमा जन्ती बोकेर हिडेर ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जनाले ज्यान गुमाएका छन् भने २२ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मरिण गाउँपालिका वडा नं.२ बस्ने २५ बर्षका प्रताप लोकोले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
शुक्रबार दुर्घटना लगत्तै हेलिकप्टरबाट काठमाण्डौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएका पाँच जनामध्ये उपचारको क्रममा लोको मृत्यु भएको हो । अन्य चार जनाको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।
३४ जना जन्ती बोकेर हरिहरपुरगढीको बखबरबाट मरिणको रातोमाटेतर्फ जादै गरेको ना ५ त ५३५६ नम्बरको ट्राक्टर तीव्र गतिमा रहेको र मदन भण्डारी सडकमै अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।





