
काठमाडौं । नेकपा ओली समूहले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा गरेको छ । शुक्रबार ओली समूहले ‘अराजकताको अन्त्य भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि सभा गरेको हो ।
सभालाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता सत्यनारायण मण्डलले सम्बोधन गरेका छन् ।
सभाका लागि दरबारमार्ग क्षेत्र प्रवेश गर्ने सवारीलाई रोक लगाइएको थियो । सडकका डिभाइडर हटाइएको थियो भने दरबारमार्गको बजार क्षेत्र बन्द थियो ।
तस्बिर : सन्दीप सिम्खडा












