
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राज्य संयन्त्रका नेतृत्वबाटै श्रृङ्खलाबद्ध रुपमा संविधानको उल्लघंन भइरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
उनले नेपाली जनताको लामो त्याग, विभिन्न कालखण्डमा भएको संघर्ष र बलिदानको प्रतिफलस्वरुप संविधान सभामार्फत जनताका प्रतिनिधिद्धारा निर्मित संविधानको पालन, संरक्षण र संवद्र्धन गर्ने दायित्व बोकेर राज्य संयन्त्रका नेतृत्वबाटै शृङ्खलाबद्ध रुपमा संविधानको उल्लङ्घन भइरहेको सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।
सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी अध्यक्षदेशमा टेकेर सोहि दिन ११ वटा संवैधानिक निकायमा नियुक्तिको लागि सिफारिस गरी संसदीय सुनुवाइ गर्नुपर्ने भन्दै लेखिएको पत्र पुस ५ गते प्राप्त भएको पनि बताए ।
उनका अनुसार गत बैशाख ८ गते जारी गरिएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसको विरोध हुँदा पछि फिर्ता लिएको थियो । फेरि मंसिर ३० गते त्यसैलाई पुनरावृति गर असंवैधानिक तरिकाले अध्यादेश जारी भएको पनि उनले बताए ।







