आलोचक मित्रहरु मन थामेर बस्नुहोस्, अर्को कास्टिङ बुटवलमा देखाउँदैछौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी र प्रदेश नम्बर १ मा पनि सभा गर्ने बताएका छन् ।

फागुन १ गते बुटवल र ८ गते विराटनगरमा सभा हुने प्रधानमन्त्री ओलीले बताए । आज काठमाडौं दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले काठमाडौं बाहिर पनि सभा हुने बताएका हुन् ।

अर्को कास्टिङ हामी बुटवलमा गर्दैछौं, उनले भने, १ गते बुटवल र ८ गते विराटनगरमा अर्को सभा हुनेछ । म हाम्रा आलोचक मित्रहरुलाई मन थामेर बस्न आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले आजको सभा इतिहासकै ठूुलो भएको पनि दाबी गरेका थिए । उनले देश बनाउन अब कसैले रोक्न नसक्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्