सरकारले आर्थिक समृद्धि दिन चाहँदा असफल बनाउने प्रयास भयो : ईश्वर पोखरेल



काठमाडौं । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डले अरुको मृत्युमा जीवन देख्ने आरोप लगाएका छन् ।

राजधानीमा आयोजित सभामा बोल्दै पोखरेलले कसैको मृत्युमा जीवन खोज्ने प्रचण्ड प्रवृत्तिसँग कुण्ठामा बाँच्न रुचाउने माधव नेपाल प्रवृत्ति मिसिएको बताए ।

केपी ओली नेतृत्वको सरकारले स्थायीत्व, आर्थिक समृद्धि दिन चाहँदा त्यसलाई असफल बनाउने प्रयास भएको बताए । त्यसमा अवरोध भएपछि प्रधानमन्त्रीले जनतामा जाने फैसला गरेको बताए । जनता भन्दा अरु न्यायाधीश हुन सक्दैनन् भन्ने कुरामा प्रधानमन्त्री ओली विश्वस्त भएको बताए ।

बिहीबार दाहाल नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको निन्दा गर्दै उनले जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने घोषणा गरे । ट्याक्सी चालकलाई क्षतिपूर्ति हामी दिन्छौं । हिजो भएका घटनाको क्षतिपूर्ति हामी दिन्छौं उनले भने, हाम्रो लडाई अराजकताका विरुद्ध हो ।

प्रतिक्रिया दिनुहोस्