
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले जेजे गर्छन्, त्यो मानेर तमासा हेरेर नबस्ने बताएका छन् ।
अहिलेको विवाद नेपाल कम्यनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मात्र नभएको उनले बताए । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले भने, यो देशको मामिला भयो, लोकतन्त्र र संविधानको मामिला भयो ।
उनले अघि भने, यसले सन्देश गएको छ, केपी ओलीले जेजे गर्छन्, खुरुखुरु मानेर तमासा हेर्ने वाला छैनौं । रिङरोडमा नेपाली सेनाका बख्तरबन्द गाडी गुडाउँदैमा कोही नतर्सने उनले बताए ।
त्यसको विरोधमा आफूहरु सडक संघर्षमा रहेका बेला ओलीले राज्य संयन्त्रहरु कब्जा गर्ने गरी संवैधानिक निकायहरुमा असंवैधानिक रुपमा नियुक्ति गरेकाले आमहड्तालमा उत्रिनु परेको उनले बताए ।





