काठमाडौंका यी १६ ठाउँबाट निस्किँदैछन् ओली समुहको जुलुस



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेपाल कम्युनिष्ट पार्टीले राजधानीका १६ स्थानबाट दरबारमार्गमा जुलुु एकीकृत गर्ने भएको छ । स्वयंसेवक परिचालन कमिटीका अध्यक्ष महेश बस्नेतका अनुसार बिहान ११ बजेदेखि १६ वटै ठाउँबाट जुलुस निस्किँदैछ ।

ती सबै ठाउँबाट जुलुसमा आउने सवारीसाधनलाई व्यवस्थापन गर्न दरबारमार्ग तथा आसपासका क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार दिउँसो १ बजेसम्म जुलुस निस्किने हुँदा ट्राफिक व्यवस्थापनमा असहज हुने देखिएको छ ।

दरबारमार्गमा आमसभा रहेकाले त्यहाँ सवारीसाधन सञ्चालन हुने सम्भावना न्यून रहेको महाशाखा प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।

यता, पुतलीसडक शंकरदेव सडकमा पनि सवारीसाधन चल्छन् । जुलुस सुरु भएपछि भित्री बाटोबाट गाडीहरु पठाउने व्यवस्था मिलाइएको अधिकारीले बताए ।

सभाका लागि तयार गरिएका तीन हजार स्वयंसेवक वाकिटाकीसहित परिचालन हुने नेता बस्नेतले बताए ।

कहाँबाट कसको जुलुस निस्किन्छ ?

बस्नेतका अनुसार बागबजारबाट सबै सम्पर्क मञ्चका सहभागीहरुको जुलुस निस्किन्छ । प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठनका कार्यकर्ताहरुको जुलुस निस्किन्छ । महेन्द्र शालिकपूर्वबाट जनजाति महासंघ घटकका संगठनहरुको जुलुस निस्किन्छ ।

यस्तै, घण्टाघरबाट मुस्लिम समुदायका सहभागीहरुको जुलुुस निस्किन्छ । नेपाल एयरलाइन्सको कार्यालय अगाडि ललितपुर जिल्लको, त्रिपुरेश्वसमा चितवन, धादिङ र सोही बाटो भएर आएने सबै सहभागीहरुको जुलुस छ ।

गौशालामा भक्तपुर, माइतीघरमा दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली जिल्लाबाट आउनेको जुलुस पुतलीसडकमा सबै जनवर्गीय संगठनको, लैनचौरमा नुवाकोट र रसुवा जिल्ला, सोह्रखुट्टै नयाँ रोडमा मकवानपुर भीमफेदीको बाटोबाट आउनेको जुलुस छ ।

यसैगरी, टेकुबाट काठमाडौं क्षेत्र नम्बर ९ र १०, वसन्तपुरमा क्षेत्र नम्बर ८, सोह्रखुट्टेमा क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरमा क्षेत्र नम्बर ३, ४ र ५ तथा पुराको बानेश्वरमा क्षेत्र नम्बर १ र २ को जुलुस निस्किने बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्