
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अमेरिकी सहयोग परियोजना एमसिसीबारे अन्तिम निर्णयमा नपुगेको बताएका छन् ।
शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले हिजो आमहड्तालका क्रममा आफूले एमसिसीविरोधी नारा नलगाउन भनेको बताए ।
अहिले हामी गुण्डागर्दी शैलीमा भएको नियुक्तिको विरोधमा हो, यो बेला पचासथरी नारा नलगाउनुस् भनेको हो, प्रचण्डले भने, बीचमा फ्याट्ट एमसिसी आयो । यो कसरी बीचम घुस्यो भन्ने हो । यसको मतलब म एमसिसीको पक्षमा अथवा पुनर्विचार गरेको भन्ने होइन ।
प्रचण्ड नेपालले गरेको आमहड्तालमा सहभागी हुन पुल्चोक प्रचण्डले त्यहाँ केहीबेर नाराबाजी गरेका थिए । कार्यकर्ताले नारा लगाउने क्रममा अमेरिकी परियोजना एमसिसीविरुद्ध नारा लगाएका थिए । तर प्रचण्डले तत्कालै त्यो नारा रोक्न लगाए ।
कार्यकर्ताले एमसिसी चाहिँदैन भन्दै गर्दा प्रचण्डले हातले संकेत गरेर नारा नलगाउन भने । त्यसपछि उनले छेउमै रहेकी नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाललाई नारा समेत भनेका थिए ।





