हड्ताल गर्न सडकमा उत्रिए कर्णालीका मुख्यमन्त्री



सुर्खेत( नेकपा दाहाल नेपाल समूहले जारी राखेको आमहड्ताललाई सफल बनाउन कर्णाली प्रदेशमा मुख्यमन्त्री पनि सडकमा उत्रिएका छन्।

असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको विरुद्ध आन्दोलन गर्नुपरेको मुख्यमन्त्री शाहीले बताए।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी आमहड्ताललाई सफल बनाउन सडकमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस्