नारायणहिटीको आँगनमा बृहत जनसभाको भव्य तयारी : मन्त्री श्रेष्ठ सहित दर्जनौं केन्द्रीय सदस्य फिल्डमा



भोलि माघ २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा हुन लागेको बृहत जनसभाको मन्च र साउण्ड सिस्टम फिटिङको काम द्रुत गतिमा भैइरहेको छ ।


साढे ६ फिट अग्लो, ४० फिट चौडाई र ५२ फिट लम्बाईको मन्च फिटिङको अन्तिम चरणमा छ । कार्यक्रममा सहभागीहरुले सहज रूपमा सुन्न सकुन भनेर नागपोखरीको म्यारिट होट्ल देखि ठमेलको सन्चयकोष बिल्डिङ र नारायणहिटी अगाडिदेखि घण्टाघर सम्म ५० ओटा ठूला माईक र ६ ठाउँमा ठूला हाउस स्पिकर फिटिङको चरणमा रहेको नमस्ते साउण्ड सर्भिसका बेदराज अधिकारीले परिवर्तन खबरलाई बताए ।

जिफन्टद्वारा निर्माण गरिएको मन्चको व्यवस्थापन अनुगमनको लागि जनसभा परिचालन कमिटीका संयोजक तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्यहरु माधव ढुङेल, विनोद श्रेष्ठ, महेश बस्नेत, केन्द्रीय सदस्य तथा काठमाडौ महानगर कमिटीका अध्यक्ष निर्मल देउला लगायत सयभन्दा बढी स्वयंसेवक फिल्डमै खटिरहेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्