बन्दको अवज्ञा गर्दै युवा विद्यार्थीको मार्चपास



भोली राजधानीमा नेकपा ओली पक्षको वृहत जनसभा हुने भएको छ । यसैको तयारी स्वरुप केपी शर्मा ओलीको नेतृत्वको नेकपाका युवा विद्यार्थीले काठमाडौँमा मार्चपास गरेका छन् । आज भएको आम हड्ताल र आगजनीको विरोध गर्दै भोलीको जनसभाको तयारीको लागि स्वयमसेवकहरुले मार्चपास गरेका हुन् ।

मार्चपासमा निस्किएका युवा विद्यार्थीले ‘आज होइन भोलिलाई, १० बर्ष ओलीलाई, नेपाली जनता के भन्छ, केपी ओली ले भन्छ, अघि बढ केपी बा, ज्यान दिन तयार छ’ जस्ता नारा लगाएका छन् । मार्चपासमा सयौँको संख्यामा स्वयमसेवक युवाहरु उत्रिएका छन् ।

युवा नेता महेश बस्नेतको नेतृत्वमा भएको मार्चपासमा रातो रंगको टोपी लगाएका छन् ।

विभिन्न चोक चोकमा खटिएका उनीहरुको नाम र नम्बर सामाजिक संजालमार्फत सार्वजनिक गरी समस्यामा परेकाहरुले सम्पर्क गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्