प्रचण्डलाई ओलीको व्यंग्य : ‘अरुका गाडी जलाएर आफू चाहिँ गाडी चढेर तमासा हेर्दै हिँड्ने’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको दुःख हेर्न गाडीको सयर गरेको टिप्पणी गरेका छन् ।

नेकपाको प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको आमहड्तालका क्रममा विभिन्न ठाउँमा प्रचण्ड गाडी लिएर पुगेका थिए । प्रचण्ड गाडी लिएर पुगेको विषयमा प्रधानमन्त्री ओलीले व्यंग्य गरेका हुन् ।

अरुका गाडी जलाउनुभयो । आफू गाडीमा सयर भएर तामासा हेदै हिँड्नुभयो । जनताले कति दुःख पाएका छन् हँ भनेर । गाडी चढेर तमासा हेर्दै हिँड्नुभयो, प्रधानमन्त्री ओलीले भने ।’

उनले प्रचण्ड-नेपाल पक्षको कार्यकर्ता सकिएकाले आफैं सडकमा उत्रिएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले आन्दोलनको क्रममा गरिबको तरकारी फ्याँकिएको बताए ।

बुढी आमाले ल्याएको तरकारी टमाटर सडकमा फ्याँकेर क्रान्तिकारी त देखाउनुभयो प्रचण्ड-माधव नेपालले ओलीले भने ।

उनले कार्यकर्ता जति सबै आफ्नो पक्षमा रहेको दाबी समेत गरे । आफूले गाडी रोक्न लगाएर हेर्दा सडकमा प्रचण्ड उभिएको देखेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्