सुर्खेतमा बन्द हड्ताल अहिलेसम्म शान्तिपूर्ण



कृष्ण जिसि(जितेन्द्र)

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आह्वान गरेको देशव्यापी आमहड्तालका कारण कर्णाली प्रदेशको राजधानी सुर्खेत बन्द भएको छ। प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा सवारीसाधन, पसल व्यवसाय र उद्योगहरु बन्द गरिएका छन् । बिहानैदेखि प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरु बन्दलाई शान्तिपुर्ण तरिकाले सफल बनाउन राजधानीका विभिन्न सडक चोकहरुमा अग्रसर देखिएका छन्।

मानव जिवनमा अति आवश्यक सेवा बाहेक अन्य कुनैपनी सेवाहरु संचालन नभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेत जिल्ला पार्टी सचिव कृष्ण जिसि (जितेन्द्र)ले जानकारी दिएका छन् । सुर्खेतमा अहिलेसम्म शान्तिपूर्ण आन्दोलन भइरहेको र आम हड्ताल सफल बनाउन सुर्खेती जनताले सहयोग गरेको नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले बताए।प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनका विरुद्धमा सम्पुर्ण सुर्खेतवासी जनताहरु एकजुट भएर अगाडि बढेको सचिव जिसिले बताए।

पार्टी सचिव जिसिका अनुसार सुर्खेतका सम्पुर्ण उद्यमि व्यवसायीहरु,राजनीतिक दल, बुद्धिजीवी पत्रकार, नागरिक समाजलाई आजको आमहडताललाई सहयोग समर्थन गर्न अनुरोध व्यक्त गरे। केपी ओली समूहका विद्यार्थीहरुले हडतालको विरोध गरेका र शान्तिपुर्ण आमहडतालमा अवरोध ल्याउने कुचेष्टा गरेको सचिव जिसिको आरोप रहेको छ। अहिलेसम्म सुर्खेतमा शान्तिपुर्ण आमहडताल भएको र सहयोग गर्ने सम्पुर्ण सुर्खेत बासीलाई सचिव जिसिले धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्