
काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले बिहीबार आमहड्ताल गरेका छन् । आमहड्तालमा सहभागी नेताहरुको रुप अरु दिनको तुलनामा फरक देखिन्थ्यो ।
आन्दोलनका क्रममा नेताहरुले सडकमै बिहानको खाजादेखि खानासम्म सडकमै खाएका थिए । पुल्चोकमा भएको प्रदर्शनमा अध्यक्ष प्रचण्डसहितका नेता कार्यकर्ताहरुले चिउरा दालमोठ खाएका थिए ।
त्यस्तै नेता नारायणकाजी श्रेष्ठ लगायतका कार्यकर्ताले बागबजारको सडकमा मकै भटमास खाइरहेका थिए ।





