अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ



काठमाडौं । दाहाल-नेपाल समूहले घोषणा गरेको आमहड्ताल सफल बनाउन सडकमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई पक्राउ गरेको छ । उनीसँगै अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि प्रहरीले पक्राउ गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।

उनले भने, आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरुलाई कलंकीबाट गिरफ्तार गरेको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि दाहाल नेपाल समूहले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्