कर्णालीमा आमहड्तालको पूर्ण प्रभाव : बजारक्षेत्र पुरै बन्द



प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको कर्णालीमा पूर्ण रुपमा प्रभाव परेको छ । कर्णालीको राजधानी वीरेन्द्रनगर लगायतका १० वटै जिल्लाका बजार क्षेत्र हड्टतालका कारण बन्द छन् ।

बजार मात्र बन्द नभएर लामो तथा छोटो दुरीका सवारी साधन समेत चल्न दिइएको छैन । जसका कारण लामे तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुहरुलाई निकै समस्या भैरहेको छ ।

बन्दकर्ताहरु बजारमा छिटफुट रुपमा देखिएपनि बाक्लो मात्रामा सुरक्षाकर्मीहरू चोकचोक तैनाथ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्