
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा ओली समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल ¥याली निकालेर उनीहरुले बन्दको विरोध गरेका हुन् ।
प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड नेपाल पक्षका कार्यकर्ताबीच भनाभन समेत भएको थियो । पृथ्वीनारायण क्याम्पसबाट निस्केको मोटरसाइकल ¥याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरोटा, न्युरोड हुँदै पृथ्वीनारायण क्याम्पसमै पुगेर समापन भएको थियो ।
पृथ्वीचोकमा बन्दकर्ता र बन्दको विरुद्ध जुलुस निकालेको ओलीका कार्यकर्ताबीच केहीबेर भनाभन भएको थियो । प्रहरीले उनीहरु दुबै समुहबीच झडप हुन नदिन दुबै पक्षको बीचमा बसेर सुरक्षा दिएको थियो ।





