
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण आन्दोलनका क्रममा धरपकड गरेर सरकारले द्धन्द्ध निम्त्याउन खोजेका बताए छन् ।
संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आम हड्ताल आह्वान गरेको छ । त्यसक्रममा सामाखुसी क्षेत्रमा एउटा ट्याक्सीमा आगजनी भएको प्रहरीले बताएको छ । केही ठाउँमा तोडफोड भएको छ ।
बन्द गराउन सडकमा पुगेका प्रचण्ड–माधव समूहका नेता कार्यकर्ता पक्राउ परेका पनि परेका छन् । आम हड्तालका क्रममा रत्नपार्क क्षेत्रमा रहेका संघर्ष समितिका संयोजक श्रेष्ठले भने, शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन आएका धेरै साथीहरुलाई गिरफतारी गरिएको छ, यसो नगर्नु प्रथ्र्यो । सरकारले द्धन्द्ध निम्त्याउँछ र यसबाट निम्तने परिणामको जवाफदेही सरकार नै हुनुपर्छ ।





