दैलेखमा गर्जिए तिर्थ सुनार



दैलेख । नेपाल दलित मुक्ति संगठन दैलेखके जिल्ला भेलामा बोल्दै दलित अधिकारकर्मी तिर्थ सुनारले दलितलाई कथित माथिल्ला जातहरुले थिचोमिचोमा पारेको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले विकसित देशहरुको तुलनामा कुन जात र कुन धर्म हो भन्ने कुरा को मतलब रहँदैन तर नेपालमा भने शासकहरुले चलाएको दमनले दलित पछि परेका बताए ।

अब दलितहरु एक भएर लाग्नुको बिकल्प नरहेको सुनारले स्पस्ट पारे।

अब कसैको आश, भरोसा र कुनै पार्टी तथा संगठनको पछि लाग्नुभन्दा व्यक्तिगत रुपमा अग्रसर हुनुपर्ने सुनारको भनाई छ।

कार्यक्रममा बोल्दै सुनारले सभामा एक बोल्ने र घरमा छुट्टै व्यवहार गर्ने मानिसहरु विशेष समस्याको रुपमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्