
काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठह¥याउने काम भयो भने लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ, भन्ने अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।





