ओली समुहमा प्रवेश गर्ने विप्लवको अन्तिम तयारी



काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा मुलधारको राजनीतिमा आउने संकेत देखिएको छ । मुलधारको राजनीतिमा आउने संकेत पाएसँगै सरकारले पनि नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको बताईन्छ ।

प्रधानमन्त्री ओलीको पछिल्लो कदमलाई स्विकार गर्दै निर्वाचनमा सहभागिता जनाउने संकेत ‘विप्लव’ले गरेसँगै सरकारले उक्त समूहमाथि बार्ता गर्ने तयारी गरिरहेको छ । विप्लवले मुलधारको राजनीतिमा आउने संकेत पठाएसँगै सरकारले उक्त समूहलाई वार्तामा ल्याउने तयारी सुरु गरेको बताईन्छ ।

गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईले विप्लव समूहसँग वार्ताका लागि आन्तरिक प्रयास भइरहेको बताए ।

विश्वस्त उच्च सरकारी सुत्रका अनुसार विप्लव समूहलाई चुनावअघि नै वार्तामा ल्याउन प्रधानमन्त्री ओली सक्रिय थिए । स्रोतका अनुसार कुरा मिले नेत्रविक्रम चन्द समूहसँग चुनावी एकता गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको बताइएको छ ।

पार्टी एकता गरे महासचिव बनाइदिने ओलीको प्रस्ताव

प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले आफैले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकता र सरकार साझेदारीको प्रस्ताव पठाएको खुलेको छ ।

ओलीले कुनै हालतमा पनि सरकार नछोड्ने रणनीति अनुसार विप्लवसम्म पुग्ने गरी पठाएको प्रस्ताव नेपाल कम्युनिष्ट पार्टीको मध्ये ब्यूरोसम्म पुगेको स्रोतले जनाएको छ । यद्यपि, मध्ये व्यूरोले नै उक्त प्रस्तावबारे थप चासो नदेखाएपछि ओलीले प्रचण्डसँग पार्टी विभाजनको धम्की दिएको बुझिएको छ । ओलीले विप्लवलाई पठाएको प्रस्तावमा विद्रोहको लाइन छोडेर तत्काल पार्टी एकता गर्ने, एकताबाट आफू र प्रचण्ड अध्यक्ष रहने र विप्लवलाई पार्टी महासचिव बनाउने रहेको छ । साथै प्रतिबन्धित पार्टीका ३ जनासम्मलाई सचिवालय र बाँकीलाई स्थायीसमिति तथा तत्त भूमिकामा राख्ने प्रस्ताव ओलीको छ ।

आफ्नै पार्टीभित्र अर्का अध्यक्ष प्रचण्ड र वरिष्ट नेता माधवकुमार नेपाल तथा झलनाथ खनालसँग अप्ठेरो पर्न थालेपछि ओलीले पार्टीकै एक पूर्वमन्त्री समेत रहेका केन्द्रिय सदस्यलाई खटाएर विप्लवलाई उक्त प्रस्ताव पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्