संवैधानिक निकायमा गरिएको नियुक्ति निरंकुशतन्त्रको पराकाष्टा भयो : प्रचण्ड-माधव समूह



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले बाध्य भएर बिहीबार आम हड्ताल घोषणा गर्नु परेको बताएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याँई र निरंकुशतन्त्रको पराकाष्टा भएको बताए । त्यसको विरोधमा आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उनले भने, केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमायाचना गरेका छौं ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा ३२ पदाधिकारी नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा भोलि देशव्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ ।

संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्