आफ्नै श्रीमानलाई घाँटीमा डोरी बाँधेर कुकुरजस्तै डोर्याउँदै हिडेपछि पक्राउ परिन् एक महिला



क्यानडाको क्युबेककी एक महिलाले आफ्नै श्रीमानको घाँटीमा डोरी बाँधेर उनलाई कुकुरजस्तै डोर्याउँदै हिडेपछि पक्राउ परेकी छिन् । कोरोना भाइरस प्रतिबन्धबाट बच्न उनले यस्तो गरेकी हुन् । क्यानडामा केहीसमय अघि कोरोनाका कारण राति ८ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू लगाइएको थियो । यो समयमा कुकर डुलाउन भने छुट दिइएको थियो ।

पक्राउ परेपछि महिलाले आफूले कुकरलाई डुलाएको जवाफ दिइन् । उनको जवाफले प्रहरी नै छक्क परेका थिए । तर उक्त गल्तीको सजाय श्रीमान र श्रीमती दुवैले पाएका छन् ।

पुलिसले उनीहरु १ जनालाई १५ सय ४६ क्यानेडियन डलरका दरले ३ हजार ९२ डलर (२ लाख ८३ हजार रुपैयाँ) जरिवाना तिराएको छ ।

प्रतिक्रिया दिनुहोस्