
काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टी स्वागत गरेका छन् । जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू उनीसँग गएको यादवले बताए ।
मुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ । जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको हो । मलाई पार्टीले जुन जिम्मावारी दिन्छ, त्यसमै रहेर काम गर्छु । म पहिला पनि एमालेमै थिएँ, यादवले भने ।
महोत्तरीका यादव दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद थिए ।





