
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले खेलमा हुने जित र हारको ठूलो अर्थ हुने बताए ।
अन्य क्षेत्रमा पनि जित र हारको विषय इगो बन्ने गरेको बताए । संसद विघटन पनि जित र हारको विषयमा केन्द्रीत भइरहेको उनको भनाइ छ । उनले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि जित्नु पर्ने बताए ।
अंग्रेजको लडाइँ खुकुरीले जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ र फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बलमा हान्ने त हो, उनले भने, कहिल्यै उपनिवेश नबनेको, कहिल्यै नहारेको देश यत्रा–यत्रा डल्ला फ्याँक्दा किन हार्ने ?





