डा. केसीले गरे २० औं पटक आमरण अनसन बस्ने घोषणा



काठमाडौं । डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् ।

उनले दुईबुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, आगामी कैयौं पुस्ताका नेपालीहरको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हाामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौं ।

डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उनले संविधानको रक्षा र संवैधानिक निकायहरुमा नियुक्तिका लागि गरिएको सिफारिस रद्द गर्नुपर्ने दुईबुँदे माघ अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्