
काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अदालतले जनताको पक्षमा फैसला गर्छ भनेर सोचेर बस्न नहुने बताएका छन् । अदालत छ भनेर ढुक्क हुन सकिने अवस्था नरहेको उनले बताए ।
अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले अदालतको भर नभएकाले जनस्तरबाट निरन्तर दबाब दिनुपर्ने बताएका छन् ।
संसद पुनस्र्थापना हुन्छ भन्ने मलाई लाग्दैन, वैशाखमा चुनाव पनि हुँदैन, डा.भट्टराईले भने, नेपाली जनताका लागि सहज अवस्था आउँदैन । प्रधानमन्त्री र राष्ट्रपति मिलेर संकटकाल लगाउन सक्ने पनि उनले बताए ।
प्रधानमन्त्री ओलीको कदमले देश डरलाग्दो अवस्थामा जाने खतरा रहेको भन्दै यो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको सडक आन्दोलनबाट सच्चाउनुको विकल्प बताए ।
जनता समाजवादी पार्टी नेपालका संघिय परिषद् अध्यक्ष समेत रहेका डा.भट्टराईले देशलाई गृहयुद्धबाट बचाउन र सरकारको प्रतिगमन कदमका विरुद्धमा अन्य दलसँग सहकार्य गरेर आन्दोलनमा जान आफूहरु तयार रहेको बताए ।





