
काठमाडौं । नेकपा वरिष्ठ नेता झलनाथ खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये झन्डै ७० प्रतिशत आफूहरुसँग भएकाले आधिकारिकता पाउने बताएका छन् ।
प्रचण्ड–नेपाल समूह मंगलबार निर्वाचन आयोग पुगेको छ । आधिकारिकता माग्दै दाबी पेश गरेपछि वष्ठि नेता खनालले आफूहरु नै आधिकारिक हुनेमा सय प्रतिशत विश्वस्त रहेको बताए ।
विगतमा आ–आफूले कुरा राखियो होला । राजनीतिक रुपले दुई वटा समूह भए । विभाजित त भयो, कानुनी रुपमा पार्टी नफुटे पन खनालले भने, त्यो सानै समूह भए पनि बालुवाटार एउटा टुक्रा त हो ।
हामीले दुई वटा केन्द्रीय कमिटी बैठकबाट प्रमाणित गरेका छौं । तेस्रो र हिजो सम्पन्न चौथो केन्द्रीय कमिटी बैठकमा पनि त्यही उपस्थिति रहेर निर्णय गरेका छौं, खनालले भने, तथ्य, प्रमाण निर्णय र विधान सबै कुरालाई राखेर दाबी गरेका छौं ।
हामीले प्रधानमन्त्री केपी ओलीसहितका नेतालाई हटाएको कुरा विधानबमोजिम हो, यही कुरा आयोगमा प्रस्तुत गरेका छौं, उनले भने, ती तथ्यलाई पनि ध्यानमा राखेर निर्वाचन आयोगले निर्णय गर्छ । खनालले दलहरुको बारेमा निरुपण नभई चुनाव हुन नसक्ने बताए ।





