
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्को समस्यामा फस्दै गएका छन् । महिले त उनी राष्ट्रपतिको निर्वाचनमा पराजित भए । त्यसपछि जनवरी ६ मा उनका समर्थकले संसद भवनमा आक्रमण गरेपछि उनीमाथि महाअभियोगको कारवाही त चलिरहेकै थियो ।
अब भने उनी व्यक्तिगत जीवनका कारण समस्याम परिरहेका छन् । डोनाल्ड ट्रम्पलाई उनकी श्रीमती मेलानियाले चाडैँ नै डिभोर्स दिदैँछिन् । प्राप्त जानकारी अनुसार डोनाल्डमाथि आपराधिक मुद्धा लागेको अवस्थामा उनको सम्पत्ति रोक्का हुन सक्ने र मेलानियाले आफ्नो भागको सम्पत्ति नपाउने स्थिति हुन सक्ने भएकाले मेलानियाले ट्रम्पलाई मुद्धा नलाग्दै उनीबाट छुटकारा पाउन खोजेकी हुन् ।
डोनाल्डसँग सम्बन्धविच्छेद गरेपछि मेलानियाले करिब १५० मिलियन डलर पाउने अनुमान गरिएको छ ।
यदि डोनाल्डमाथि मुद्दा चलाइयो र उनी कानुनी झमेलामा फसे भने मेलानियाको लागि स्थिति अझै कठिन हुन सक्छ ।





