बुधबारका लागि डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित



काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बुधबारका लागि बैठक डाकेका थिए । बिहान ११ बजेका लागि डाकिएको बैठक साँझ ५ बजेका लागि सारिएको थियो । तर साँझ पनि बैठक नबस्ने भएको हो ।

भोली बस्ने कुरा थियो । केही कारणले भोलि नबसेर अर्को दिन बस्ने हो कि भन्ने कुरा भैरहेको छ, परिषद् सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भने, अर्को दिन बस्छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीसँगै, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रमुख प्रतिपक्षीदलका नेता सदस्य रहन्छन् । हाल प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहेको छ ।

गत मंसिर ३० प्रधानमन्त्री केपी शर्मा ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने गरि संवैधानिक परिषद् सम्बन्धि ऐनलाई अध्यादेश मार्फत संशोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्