निर्वाचन आयोग पुगेर प्रचण्ड-नेपाल समूहले गर्यो आधिकारिकताको दाबी



काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरु आयोगका कार्यालय पुगेका हुन् ।

प्रचण्ड-नेपाल समूह नेतृत्वको नेकपाले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ ।

अध्यक्षद्धय प्रचण्ड र माधव नेपालसहित मंगलबार आयोग पुगेको नेकपाको समूहले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रुपमा वैधानिकताको दाबी गरेको हो ।

बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-माधव समूहले आफूहरुले नै आधिकारिता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रतिनिधिसभा विघटनसँग दुई खेमामा विभाजित नेकपाको प्रचण्ड-माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली पक्षले पनी केन्द्रीय कमिटी विस्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्