प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दामा आज सुनुवाइ हुँदै



काठमाडौं । अदालतको अवहेलना गरेको भन्दै नेकपा (प्रचण्ड माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दामा आज सुनुवाइ हुँदैछ । अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सोमबार मुद्दा दर्ता गराएका थिए ।

सोमबार निवदेन आज दर्ता गरी आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिएको छ । प्रचण्डले पटक-पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्