
खगेन्द्र हमाल, नेकपाका केन्द्रिय संघर्ष समितिका संयोजक, पुर्व मन्त्री तथा नेकपाका नेता योगेस भट्टराईले बानेश्वरमा आज भएको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले निर्मम दमन गरेकोले सामाजिक संजाल फेसबुक मार्फत घोर आपत्ति व्यक्त गरेका छन ।
असंबैधानिक र प्रतिगामी कदमका बिरुद्ध आज अनेरास्वबियूको आयोजनामा काठमान्डौको बानेश्वरमा भएको शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्वबियू केन्द्रिय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा राखेपछी प्रहरीद्धारा निर्मम कुटपिट गरिएकोले यस घटनाको नेकपा केन्द्रिय संघर्स समिती घोर निन्दा गरेको छ ।
प्रहरीको कुटाईबाट प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको र यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कार्वाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन ।प्रतिगमनका विरुद्धमा सहभागीता आन्दोलनकरीहरुमाथि कार्वाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराएका छन ।





