चुनाव चिन्ह सूर्य फ्रिज गर्ने षडयन्त्र भइरहको छ : माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपा विवादमा कसैलाई आधिकारिकता नदिने र चुनाव चिन्ह सूर्य पनि फ्रिज गर्ने षडयन्त्र भइरहको बताएका छन् ।

सोमबार राजधानीको कार्की ब्यांकेटमा बसेको उक्त समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो षडयन्त्र चुनौती थपिएको बताए ।

यसअघि निर्वाचन आयोगले ओली समूहले बनाएको १५ सय सदस्यीय केन्द्रीय समिति र प्रचण्ड नेपाल समूहले नेपाललाई बनाएको अध्यक्षलाई अमान्य भनिदिएको थियो ।

अर्को समूहको नेतृत्वको गरिरहेको केपी शर्मा ओलीसँग एक चौथाइ पनि केन्द्रीय सदस्य नभएको उल्लेख गर्दै नेपालले आफूहरुलाई आधिकारिकता नदिने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्