ईश्वर पोखरेलको बाटो छेकेपछि प्रचण्ड–नेपाल समूहका कार्यकर्तामाथि लाठीचार्ज



काठमाडौं । नुवाकोट पुगेका उपप्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेललाई प्रचण्ड-नेपाल समूहले अवरोध पु¥याएका छन् । सोमबार बिहान साढे १० बजेतिर कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका थिए ।

तर लगत्तै नुवाकोट विदुर नगरपालिकाको बजारमा प्रचण्ड नेपाल समूहका कार्यकताएले सडकमै कालो झण्डा बोकेर नाराबाजी गरेर बाटो छेकेका थिए ।

उनीहरुले अवरोध पु¥याएपछि प्रहरीले लाठीचार्ज गरेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटको प्रहरी नायब उपरीक्षक हरि ओलीले बताए ।

करिब ५०-६० जनाको समूहले अवरोध पु¥याएका थिए । त्यसपछि प्रहरीले लाठीचार्ज गरी भीडलाई तितरवितर पारेको हो, उनले भने । उपप्रधानमन्त्री पोखरेल अहिले कार्यक्रमस्थलमा पुगिसेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्