दृष्टिविहीन अमिट केसीले सगरमाथा आरोहण गर्ने, तयारी पूरा तर आर्थिक अभाव भएको गुनासो



काठमाडौं । दृष्टिविहीन अमिट केसीले आगामी चैत्र २८ गते सगरमाथा आरोहण गर्ने भएका छन् । स्थायी घर बाग्लुङको जैमिनी नगरपालिका–४ फर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भएपनि आर्थिक अभावमा परेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिन अपिल गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण अभियानको घोषणा–२०२१ ले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । कार्यक्रममा पूर्व सिडिओ कैलाशनाथ खरेल, समाजसेवी ईन्दिरा राना, सरस्वती क्याम्पसका सह–प्राध्यापक चन्द्रबहादुर केसी, अपांगता मैत्री समाजका अध्यक्ष काशिलाल श्रेष्ठ सहभागी थिए । उनीहरुले केसीलाई सफल सगरमाथा आरोहणका लागि शुभकामना दिए ।

कार्यक्रममा बोल्दै केसीले लायन्स क्लब ईन्टरनेश्नल सय वर्ष पुगेको अवसरमा आफूले सन् २०१७ मा क्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तर चौथो आधार शिविरमा पुगेर अग्सिजन समाप्त भएर फर्किएको सुनाए । उनले भने–‘मैले त्यतिवेला पनि सगरमाथाको सपना त्यहीँ छोडेर शरिर लिएर फर्केको छु भनेको थिएँ । मैले त्यतिवेला पनि पूनः आउने भनेको थिए । अहिले सगरमाथा चढ्ने तयारी पूरा भयो । मानसिक रुपमा तयारी अवस्थामा भएपनि आर्थिक अभावको कारणले यो अभियान संकटमा छ ।’ उनले यो अभियान सफल पार्नको लागि आर्थिक सहयोग गर्न आग्रह सबैमा आग्रह गरेका छन् ।

सहयोगको लागि उनले आफ्नो नाममा रहेको नेपाल बैंक लिमिटेडको खाता नम्बर ०२२०१०००४११९९३०००००, गरिमा विकास बैंकको खाता नम्बर ०१६०१९००७०९०१८०००००१र प्रभु बैंकमा रहेको खाता नम्बर ०७३०१०००४८५९९७०००००१, सनराईज बैंकको खाता नम्बर १५६०७९८३६३२०५००१ मा सहयोग गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्