नेकपा बागमती प्रदेशद्धारा माघ २३ गते आयोजना गरिएको जनसभाको रुट सार्वजनिक




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीद्धारा २०७७ माघ २३ गते आयोजित र्याली र जनसभामा सहभागी हुने प्रमुख र्यालीको रुट र जिम्मेवार क्षेत्र सार्वजनिक गरिएको छ ।

नेकपा बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलद्धारा हस्ताक्षरित सूचना अनुसार माघ २३ गतेको वृहत जनसभाको लागि निम्न अनुसारको विभाजन गरिएको छ :

बागबजारः सम्पूर्ण सम्पर्क मञ्चहरुका सहभागी
प्रदर्शनी मार्गः युवा, विद्यार्थी, खेलकुद महासंघ, प्रेस संगठन, पेशागत संगठन
घण्टाघरः मुश्लिम समुदायका सहभागी
दरबारमार्ग महेन्द्र शालिक पूर्वः जनजाति महासंघका घटक संगठनहरु
नेपाल एयरलाइन्स अगाडिः ललितपुर जिल्लाका सहभागीहरु
त्रिपुरेश्वरः चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागीहरु
गौशलाः भक्तपुर जिल्लाबाट आउने सहभागीहरु
माइतीघरः सिन्धुली, दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोकबाट आउने सहभागीहरु
पुतलीसडकः सम्पूर्ण जनवर्गीय संगठनका सहभागीहरु
लैनचौरः नुवाकोट, रसुवाका सहभागीहरु
सोह्रखुट्टे नयाँ रोडः मकवानपुर र भीमफेदीको बाटोबाट आउने सहभागीहरु
काठमाडौँ जिल्ला क्षेत्र नं.१, २ः पुरानो बानेश्वर
काठमाडौँ जिल्ला क्षेत्र नं.३,४,५ः ज्ञानेश्वर
काठमाडौँ जिल्ला क्षेत्र नं.६,७ः सोह्रखुट्टे
काठमाडौँ जिल्ला क्षेत्र नं.८ः वसन्तपुर
काठमाडौँ जिल्ला क्षेत्र नं.९, १०ः टेकु

नेकपा बागमती प्रदेशद्धारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्