प्रदेशसभाका सभामुख अल्पमतको सरकारको लाचार छाया बन्यो : अष्टलक्ष्मी शाक्य



हेटौंडा । नेकपा (प्रचण्ड–माधव समूह)ले बागमती प्रदेश सभाको बैठक अकस्मात स्थगित गरेको भन्दै जनाएको छ । उसले प्रदेशसभाका सभामुख अल्पमतको सरकारको लाचार छाया बनेको टिप्पणीसमेत गरेको छ ।

आज तय भएको बागमती प्रदेश सभाको बैठक स्थगित गरेपछि नेतृ अष्टलक्ष्मी शाक्यले विज्ञप्ति जारी गर्दै भनेकी छन् २०७७ साल माघ १९ गते बोलाइएको प्रदेशसभाको बैठक मिति २०७७ माघ १८ गते राति ९ः१५ बजेको विद्युतीय सूचनामार्फत अकस्मात र विनाकारण फागुन ५ गते बस्ने गरी स्थगित गरिएको सूचनाप्रति हाम्रो दलको घोर आपत्ती रहेको छ ।

अविश्वासको प्रस्ताव पारित हुने डर र आशंकाले सभामुखलाई प्रयोग गरिएको उनले बताइन् । नेतृ शाक्यले तत्काल प्रदेशसभाको बैठक बोलाउना माग गरेकी छन् ।

आजका लागि तय भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस्