प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आजबाट सरकारी पक्षको बहस सुरु



काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आजबाट सरकारी पक्षको बहस सुरु भएको छ ।

आजदेखि अदालतमा सरकारी पक्षले बहस गर्दैछ । सरकारी पक्षको बहसको नेतृत्व पूर्वमहान्यायाधीवबत अग्नि खरेलले गर्दैछन् ।

खरेलले आज बहस गर्न लागेका हुन् । यसअघि हिजो प्रतिनिधि सभा विघटनविरुद्ध रिट निवेदन दिएको पक्षको बहस सकिएको थियो । आइतबार रिट निवेदक १३ जनासहित अरु वकिलको बहस सकिएको थियो ।

रिट निवेदनका पक्षमा बहस गर्ने सबै वकिलहरु प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार नभएकाले यो असंवैधानिक कदम खारेज हुन पर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्