प्रचण्ड-माधव समूहको केन्द्रीय समिति बैठक सर्‍यो



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरु बताउँछन् । प्रचण्ड-माधव समूह गत पुस ५ गते विघटित संसद् पुनस्र्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्