प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

संसद् पुनस्र्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले आकस्मिक रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

यो समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७–९ मा बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत नै पार्टीको निर्णय गर्दै आएको थियो । स्थायी कमिटी बैठकबाटै केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्