सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चको संयोजकमा राजन आचार्य



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चको वृहत कार्यकर्ता भेला सम्पन्न भएको छ ।
भेलाले सम्पर्क मञ्चका सचिव राजन आचार्य संयोजक र कमल माझी सह–संयोजक रहेको ७५ सदस्यीय सम्मेलन आयोजक कमिटी बनाएको छ।

भेलामा नेकपा केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष केशव बडाल, केन्द्रीय सदस्य डा.राजन भट्टराई, केन्द्रीय सदस्य युवा तथा खेलकुद मन्त्री दावा तामाङ, नेकपा केन्द्रीय सदस्य सरेश नेपाल, डोल्मा तामाङ,होमनारायण श्रेष्ठ, नेकपा जिल्ला संयोजक बालकृष्ण देउजा प्रदेश सम्पर्क मञ्च सचिवालय सदस्य सरोज गजुरेल ,युवा नेता अशोक चौलागाईं ,शिवहरी सापकोटा र विनोद खनालले सम्बोधन गरेका थिए । भेलामा विभिन्न पाटी परित्यागगरि २० जना नेकपामा प्रवेश गरेका थिए ।

पार्टीको अन्तरविरोधका बीच गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि दुई ध्रुवमा फरक फरक कार्यकर्ता भेला तथा प्रशिक्षण हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्