सभामुख सापकोटाले फिर्ता गरिदिए संवैधानिक परिषदको नियुक्ति सिफारिस



काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरुलाई फिर्ता पठाइदिएका छन् ।

परिषदले गत पुस ५ गते प्रतिनिधि सभा विघटनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायमा नियुक्त गरिएको जनाएको थियो ।

त्यसअघि सरकारले संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

सोही अध्यादेशअनुसार बसेको बैठकले विभिन्न पदमा सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते नै प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्