राजनीतिक उतार चढावले विकासका काम प्रभावित हुँदैन : मुख्यमन्त्री पोखरेल



काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय तहमा आएको राजनीतिक उतार चढावले विकासका कामलाई प्रभावित नहुने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले राष्ट्रिय राजनीतिमा चलिरहेको बहसलाई नबुझी प्रदेश तथा स्थानीय तहमा धारणा बनाईनु र केन्द्रमा देखिएको विवादमा तरंगित हुने प्रवृत्ति गलत भएको बताएका हुन् ।

आईतबार रुपन्द्रेहीको मणिग्राममा आयोजित प्रदेश समन्वय परिषद्को चोथो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले स्थानीय र प्रदेश तहको नेतृत्व व्यक्तिगत र गुटगत लागि केन्द्रको नेतृत्व तहमा उत्पन्न विवाद र आलोचनाहरुको पछि लाग्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्