प्रचण्ड-माधव समूहले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले सोमबार विहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

संसद् पुनस्र्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले आकस्मिक रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

यो समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७-९ मा बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत नै पार्टीको निर्णय गर्दै आएको थियो । स्थायी कमिटी बैठकबाटै केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्