
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्ने बताएका छन् ।
प्रचण्ड–नेपाल समूहले नेकपाले आइतबार माइतीघरमा आयोजित धर्ना कार्यक्रममा बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।
यही २३ गते नै केपी ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन रे भन्ने चर्चा पनि चलिरहेको छ । ओलीले घोषणा पनि गर्न सक्छन् । पाण्डेले भने ।
उनले सारा प्रतिक्रियावादी शक्तिहरुले अहिले ओलीलाई साथ सहयोग दिइरहेको समेत दाबी गरे ।
गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड नेपाल समूहले काठमाडौंमा लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।





