सरकारले चुनाव गराउन नभई सत्ता लम्बाउन मिति घोषणा गर्यो : मिनेन्द्र रिजाल



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मिनेन्द्र रिजालले सत्ता टिकाउनकै लागि निर्वाचन घोषणा गरेको दावी गरेका छन् ।

बुटवलमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्बाउनका लागि मिति घोषणा गरेको बताएका हुन् ।

यो सरकार निर्वाचनका लागि मिति घोषणा गरेको होइन् । प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणाको बहाना मात्रै हो, उनले भने ।’

‘नरहे बाँस नबजे बासुरी’को संज्ञा दिँदै ओली सरकारले चुनाव गराउँनै नसक्ने ठोकुवा गरे । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्