
कतिपय मानिसहरु आफ्नो स्वार्थ पुरा गर्नको लागि निकै तल्लो स्तरसम्म गिर्ने गर्छन् । उनीहरुलाई सही र गलतबारे नै थाहा हुदैँन । यस्तै नमिठो घटना इटलीमा घटेको छ । इटलीमा बस्ने २५ बर्षका ग्याब्रियल रोबर्ट मारिन्काट नामका एक युवकले १८ महिनाकी बालिकालाई बलात्कार गरेका छन् । बलात्कार गर्दा १८ महिनाकी बच्चीले ज्यान गुमाएकी छिन् ।
अचम्मको कुरा त के भने ती बच्ची अरु कोही नभएर तिनै युवककी गर्लफ्रेडको हो । अहिले प्रहरीले ती युवकलाई पक्राउ गरिसकेको छ ।
घटनापछि १८ महिनाकी बालिका शेरोन बार्नीलाई तत्कालै लोम्बार्डीको बर्गामोमा रहेको अस्पताल पुर्याइएको थियो । उनलाई सबैभन्दा पहिले उनकी हजुरआमाले बान्ताले ढाकिएको कपडा लगाएकी र बेहोस अवस्थामा फेला पारेकी थिइन् । शेरोनको जनवरी ११ मा अस्पतालमा मृत्यु भयो । उपचारमा संलग्न डाक्टरहरुले उनको शरीरमा यौन हिंसाका संकेतहरु भेटेका थिए ।





